Section 93
अन्तिम रुपमा कट्टी नहुने करको मिलान सुविधा र समावेश
(१) कुनै भुक्तानीको रकम गणना गर्ने प्रयोजनको लागि सो भुक्तानीबाट कुनै कर कट्टी गरिएको भए त्यस्तो कर कट्टी रकमलाई सो भुक्तानीको अंशको रुपमा लिइनेछ ।

(२) अन्तिम रुपमा कर क्ट्री हुने भुक्तानी बाहेकको कुनै भुक्तानीमा कर कट्टी भएको रहेछ भने कर क्ट्री हुने व्यक्तिले देहाय बमोजिमको कर रकम दाखिला गरे सरह मानिनेछः-

(क) दफा ८७,८८ वा ८९ बमोजिम भुक्तानीमा कट्टी गरिएको कर रकम,

(ख) अग्रिम कर क्ट्टी गर्ने व्यक्ति वा कर क्ट्री हुने व्यक्तिले दफा ९० को उपदफा (३) बमोजिमको वा भुक्तानीमा कर कट्टी गरेको मानिने कर रकम विभागमा दाखिला गरेको भए त्यस्तो रकम ।

(३) उपदफा (२) बमोजिमको रकम कर क्ट्री हुने व्यक्तिले सो भुक्तानी गरेको आय वर्षमा दाखिला गर्नुपर्ने कर रकममा मात्र मिलान गर्न दाबी गर्न सक्नेछ ।